रुस्लान भोड्का नयाँ प्याकेजिङमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रुस्लान भोड्का नयाँ प्याकेजिङमा



काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिको व्यवस्थापनमा विजय डिष्टीलरीद्वारा उत्पादित तथा वितरीत रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ ।

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केही अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ भएको बोतल बजारमा ल्याएको जनाएको छ ।

अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङसहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ । नयाँ प्याकेजिङ पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीको दाबी छ । प्याकेजिङ नयाँ भए पनि स्वाद र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १६:२९