वर्षको उच्च विन्दुमा नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वर्षको उच्च विन्दुमा नेप्से



काठमाडौँ । साताको पहिलो दिन आइतबार २३ अंकले बढेको नेप्से दोस्रो दिन सोमाबार भने १७ अंकले बढेर १ हजार ८१ दशमलब ३६ बिन्दुमा पुगी बन्द भएको छ । बजार खुलेपछि लगातार बढेको नेप्से १ बजेपछि घटेर फेरि बजार बन्द हुनुभन्दा ३० मिनेटपछि माथि उक्लिएको हो ।

आज बजार बढेर १ हजार ८६ दशमलब ९६ को उच्च बिन्दुमा पुगेर घटेको हो । गत बर्ष नेप्से १ हजार ८३ दशमलब ५५ अंकसम्म पुगको थियो ।
napsa
आज ‘क’ बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलब २७ अंकले बढेर २ सय ३२ दशमलब ७६ पुगेर कारोबार बन्द भएको छ । आज १ सय २९ कम्पनीको ४ हजार ३ सय ४१ कारोबारबाट ११ लाख ४५ हजार ७ सय १६ कित्ता शेयर खरिद बिक्रीभई करिब ७३ करोड २३ लाख २१ हजार १ सय ६० रुपैंया बराबरको कारोबार भएको छ ।

उपपरिसूचकहरुमा बैंकिंग समुह २ दशमलब ७७ प्रतिशत, बिकाश बैंक समूह १ दशमलब २३, बीमा समूह १ दशमलब ४८ प्रतिशतले बढेको छ भने होटेल समूह ० दशमलब ३६ प्रतिशत, जलविद्युत समूह १ दशमलब ४५ प्रतिशत र फाइनान्स समूह ० दशमलब ४४ ले घटेको छ ।

नेपाली राजनीतिमा हालै देखिएको सकारात्मक वातावरणको कारण संबिधान आउने सम्भावना बढेसंगै लगानीकर्ताको मनोबल पनि  निकै बढेको देखिन्छ । बित्तिय क्षेत्रहरुको लगानीका दयारा खुम्चिएको साथै उच्च तरलताका कारण लगानीकर्ताले सजिलै लोन पाई रहेका छन्, साथै साउन मसान्त पश्चात धमाधम  प्रकासित चौथो त्रैमासमा राम्रो मुनाफा कमाएको प्रतिबेदनले पनि बजार बढ्नमा मद्दत मिलेको देखिन्छ । प्राय साउन भाद्र महिना बजार बढ्ने मौसन पनि मानिन्छ. यिनै विविध कारणले गर्दा अहिले बजारले नँया उचाई बनाईरहेको छ । अर्कातिर कतिपय बैंक तथा बितीय सस्थाहरुको अवस्था हेर्दा मर्ज नै अन्तिम विकल्प भएकोले त्यसता बितीय संस्थाहरुमा लगानीकर्ताको आकर्षण कम देखिन्छ । वाणिज्य बैंकलाई केन्द्रिय सरकार र फाईनान्स तथा माइक्रो फाईनान्स प्रदेसीय सरकार अन्तर्गत राखिने संबिधान मस्यौदा आएकोले त्यस्ता संस्थाहरु बारे अहिले पर्ख र हेरको अवस्थामा रहेका छ । साथै बितीय संस्थाको spread rate मा कडाई सम्भावना पनि देखिएको छ ।

कारोबार र कारोबार संख्याको आधारमा एनआईसीएको  सर्वाधिक २ सय २४ कारोबारबाट  ४ करोड ३६ लाख कारोबार भएको छ । आज कारोबारको आधारमा १० कम्पनीको २ करोड भन्दा माथि कारोबार भएको छ । शेयर संख्याको आधारमा माछापुछ्रे बैंक लिमिटेडको सबै भन्दा बढी शेयर खरिद बिक्रि भएको छ । छिमेक लघुबित्त्यको शेयर सर्वाधिक १० प्रतिसतले मूल्य बढेको छ भने श्री इन्भेस्टमेन्टको सर्वाधिक ८ प्रतिसतले मूल्य घटेको छ ।

प्रकाशित : २५ श्रावण २०७२, सोमबार १६:११