शाखा बिस्तारमा महालक्ष्मी बैंक अाक्रमक बन्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाखा बिस्तारमा महालक्ष्मी बैंक अाक्रमक बन्दै



काठमाडाै । महालक्ष्मी विकास बैंकले शाखा तथा सेवा बिस्तारमा एग्रेसिभ मुभ लिएको छ । ग्रामीण तथा विकट क्षेत्रमा सेवा बिस्तारमा सक्रिय यो विकास बैंकले बिहीबार(मंसिर १४)देखि देशका विभिन्न ४ जिल्लामा एकसाथ शाखा स्थापना गरी बैकिङ कारोबार शुभारम्भ गर्ने भएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकैसाथ कारोबार थाल्न लागिएको हो ।

यी चार शाखा बिस्तारपछि महालक्ष्मी बैंक सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा बैकिङ शाखा खोल्ने राष्ट्रिय स्तरको पहिलो बैंक बन्नेछ ।

नयाँ शाखाहरुसहित बैँकको शाखा संख्या ७० पुुग्नेछ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले निकट भविष्यमै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालनको तयारी गरिरहेको छ ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैंकले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १७:२५