दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा ८ जना घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा ८ जना घाइते



काठमाडौं । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा ८ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको तुलसी बोर्डिङ स्कुल नजिकै उक्त बम विस्फोट भएको हो ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको घोराहीमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो ।

प्रहरीले बम पड्काउनेको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १७:५६