अायाे सस्तोमै सेयर खरीदको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अायाे सस्तोमै सेयर खरीदको अवसर



काठमाडाै । दोश्रो बजारमा प्रति कित्ता २३०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स बित्तीय संस्थाले १ हजार ३ सय ५१ कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ।

यो कम्पनीको सर्वसाधारण समूहतर्फको १३५१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुल्ला गरिएको हो । इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म तोकिएको स्थानबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको(अबितरित) सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

इच्छुकले न्यूनतम १०० रुपैयाँ मूल्य राखी तथा न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

यो कम्पनीको सेयर रजिष्टारमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । सिभिल क्यापिटल मार्केटको सुन्धारास्थित मुख्य कार्यालय, सिभिल बैंक लिमीटेडका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज शाखा, किसान माइक्रोफाइनान्सका सबै शाखा कार्यालयहरुबाट बोलपत्र आवेदन फारम लिन र बुुझाउन सकिनेछ ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार ११:१०