कन्काई विकास बैंकले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काई विकास बैंकले बोनस शेयर दिने



काठमाडौं । कन्काई विकास बैंकले बोनस शेयर दिने भएको छ । बैंकले ६.१६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने भएको छ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि कायम हुने चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँको ६.१६% बोनस र ०.३२% नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ५० करोड रुपैयाँ पूँजी पुर्याउन बैंकले २ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा बोनस शेयर र कर प्रयोजनका लागि १५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार ११:४७