एम्बुसमा परेका कांग्रेस उम्मेदवारको अवस्था गम्भीर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एम्बुसमा परेका कांग्रेस उम्मेदवारको अवस्था गम्भीर



काठमाडौं  । विद्युतीय धरापमा परी गम्भीर घाइते भएका उदयपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलाई थप उपचारका लागि काठमाडौं ल्याउने भएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लैजाने तयारी भइरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताएका छन् । बुधबार विहान उम्मेदवार कार्कीलाई लक्षित गरी उदयपुरको नेपालटारमा विद्युतीय धराप विस्फोट गराइएको थियो ।

 

विद्युतीय धरापमा परी उम्मेदवार कार्कीसहित चार जना गम्भीर घाइते भएका छन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार कार्कीसहित कांग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की घाइते भएका छन् । प्रजिअ श्रेष्ठले भने–‘चारै जना गम्भीर घाइते भएकाले काठमाडांैबाट उद्दारको लागि हेलिकप्टर मगाइएको छ ।’

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १४:५५