कम्प्युटरको सुरक्षा वृद्धि गर्न बैंकहरुलाई अाग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कम्प्युटरको सुरक्षा वृद्धि गर्न बैंकहरुलाई अाग्रह



काठमाडौं । ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा वृद्धि गर्न आग्रह गरेको छ ।

कम्पनीले साइबर आक्रमण शैलीको अध्ययनको क्रममा बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँग मिलेर पारेको १६ पान्ने रिपोर्ट तयार गरेको हो । ‘हृयाकरहरुसँग चोरीसम्बन्धि परिस्कृत ज्ञान छ, कुनैपनि प्रणालीले त्यसबाट पूर्ण रुपमा बचाउन सकिन्छ भन्ने मान्न सकिदैन,’ रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार बंगलादेश बैंकमा उत्तर कोरियाको लजारौंस नामको समूहले आक्रमण गरेको हुन सक्ने बीएइले बताएको छ । त्यस्तै सन् २०१६ मा बंगलादेशमा भएको ह्याकबाट त्यहाको बंगलादेश बैंकलाई ८ अर्ब १० करोड रुपैयाँ क्षति भएको थियो ।

हालैको सार्वजनिक स्विफ्टको रिपोटले बैंकको नाम उल्लेख नगरेपनि सो बैंकमा हृयाकरहरुले चोरी गर्न अपनाएको तरिकाको वर्णन गरिएको छ । ह्याकरहरुले कुनै एक ग्राहकको बैंकिङ नेटवर्कभित्र पसेर महिनौं लगाएर प्रयोगकर्ताहरुको जानकारी लिने, बैंकको सञ्चालन प्रक्रिया अनुगमन गर्ने गरेर सफ्टवेयर मार्फत चोरी गरेको पाइएको छ ।

हृयाकरहरुले मध्यरातमा आक्रमण गर्ने र त्यो क्रममा सफ्टवेयरलाई क्षति पुर्याउने थप मालवेयरहरु प्रविधिमा घुसाउने(इन्स्टल) गर्ने गरेको देखिएको छ । यस्तो गर्दा कम्पयुटरको प्रणालीलाई जोगाउन प्रयोग गरिएका विधिहरु समेत पुरा गरिरहनु नपर्ने देखिएको छ ।

हृयाकरहरुले साइबर आक्रमण गरेर तीन घण्टामा रकम चोरी गर्ने गरेको पनि रिपोर्टबाट खुलेको छ । हृयाकरहरुले र्यानसमवेयरको समेत प्रयोग गरेर संस्थाका अन्य दजनौं कम्पयुटर प्रणालीलाई समेत आक्रमण गर्ने गरेको देखिएको छ ।

नेपालमा हालै सिफ्ट प्रणालीमा भएको हृयाकले करिब ५ करोड ८० लाख रुपैयाँ गुमेको रोयटर्सको समाचारमा उल्लेख छ । नेपालको एनआइसी एशिया बैंकमा ह्याक भएको थियो । स्विफ्टले भने कति साइबर आक्रमण भए र कति रकम चोरी भएको छ भन्ने जानकारी गोप्य नै राखेको छ ।

ताइवानमा पनि फार इष्र्टन इन्टरनेशनल बैंकबाट पनि ५ करोड रुपैयाँ चोरी भएको समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १५:५५