कम्युनिष्टलाई विदेशी लगानीकर्ताले पत्याउँदैनन् : प्रधानमन्त्री देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कम्युनिष्टलाई विदेशी लगानीकर्ताले पत्याउँदैनन् : प्रधानमन्त्री देउवा



पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने भन्दै कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गरेका छन् ।
बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने तर कम्युनिष्टलाई विदेशीले नपत्याउने भन्दै विदेशी लगानी नआएसम्म संवृद्ध मुलुक हुन नसक्ने उनको भनाई थियो । विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए । कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १८:३०