युनाईटेड मोदीले ५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाईटेड मोदीले ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं।युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले पुस ७ गते साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वर काठमाडौंमा बस्ने गरी उक्त सभा बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । कम्पनीको मंसिर ७ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो ।सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।

सो सभाले कम्पनीको गत आवको वित्तीय विवरण छलफल गरी स्वीकृत पनि गर्नेछ । त्यस्तै आव २०७४/७५ का लागि लेखा परिक्षक नियुक्त गर्ने र सञ्चालम समितिमा रिक्त रहेका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना र सर्वसाधारण शेयरधनीबाट २ जना सञ्चालकको नियुक्त गर्नेछ ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार ११:५६