एनएमबि बैंक ‘बैंक अफ दि इअर २०१७’बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंक ‘बैंक अफ दि इअर २०१७’बाट सम्मानित



काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि इअर २०१७’बाट सम्मानित भएको छ । वेलायतबाट दिने अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बैंक अफ दी इयरबाट एनएमबी बैंक सम्मानित भएको हो ।

बेलायतको फाइनान्सियल टाइम्सको दी बैंकर्सले यो वर्षका लागि एनएमबिलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको छ । बैंकले लगानीकर्तालाई राम्रो प्रतिफल, ग्राहक उत्कृष्ट सेवा, राम्रो वित्तीय अवस्थाका आधारमा अवार्ड पाएको जनाएको छ ।

गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएको थियो । नेपाल इन्भेष्टमेन्ट ५ औ पटक यस अवार्डबाट सम्मानित भएको छ । यसअघि स्ट्यान्डर्ड चाटर्ड बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकले यो अवार्डबाट सम्मानित भई सकेका छन् ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १२:२७