नेको इन्स्योरेन्स अनुमति माग्न धितोपत्र बोर्डमा पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्स अनुमति माग्न धितोपत्र बोर्डमा पुग्यो



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर निष्काशन अनुमति मागेको हो ।हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १३:४७