सहकारी बैंक र गरिबी निवारण कोषबिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी बैंक र गरिबी निवारण कोषबिच सम्झौता



काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरीवी निवारण कोष बीच सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहिबार राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरीवी निवारण कोष बीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सहकारीहरुलाई व्यवसायीकरण तथा पेशागत एवं वित्तिय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले भएको यो समझदारीले गरिव तथा विपन्न वर्गलाई बैंकिङ्ग क्षेत्रको थोक कर्जा सहित बचत, पूँजी परिचालन एवं अन्य बैंकिङ्ग सेवाको पहुँचमा सहयोग पुग्ने आशा गरिएको राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्ध संचालक केवी उप्रेतीले बताए ।

कोष अन्र्तगत गठन भएका सामुदायिक संस्थाहरुका सदस्यहरु सम्मिलित २५ जिल्लामा गठन भएका ४सय २५ सहकारीहरु र चालु आर्थिक वर्षमा गठन गरिने अन्य सहकारीहरुलाई विभिन्न किसिमका क्षमता विकास तालिमहरुको साथै बचत, कर्जा र पुँजी परिचालन गर्न सहयोग गरिने बताइएको छ ।

कोषका कार्यकारी निर्देशक नहकुल के.सी. र बैंकका प्रबन्ध संचालक के.वी. उप्रेतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार कोषको सहयोगमा सञ्चालित सामुदायिक संस्था तथा ३५६ हस्तकला उत्पादन समूहहरुको सहकारी स्थापना गरी आवश्यकता अनुसार थोक कर्जा, बचत र पूँजी परिचालन गरिएको छ ।

कोषको सहयोगमा गठित सहकारी संस्थाहरुको बचत परिचालन राष्ट्रिय सहकारी बैंक लिमिटेड मार्फत गर्न प्रेरित गरिने बताइएको छ । समझदारीले ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकासले लक्षित घरपरिवारलाई गरिवीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार गर्ने कोषका कार्यकारी निर्देशक के.सी.ले बताए । कोषका सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन भने ९ लाख गरीव घरपरिवार कोषका कार्यक्रमबाट लाभान्वित भएका छन् । यस्तै बैंकका प्रबन्ध संचालक उप्रेतीले कोषसंग भएको समझदारीले सहकारी मार्फत गरिवी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १७:२३