भृकुटीमण्डपमा नेपाल चेम्वर एक्स्पो सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भृकुटीमण्डपमा नेपाल चेम्वर एक्स्पो सुरु



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि पाँंचदिने नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ ।
एक्स्पोको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने विश्वास लिनुभयो । राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र उत्साहकासाथ लागिपरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँंले स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता प्रकट गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले एक्स्पोबारे जानकारी दिंदै नेपाल चेम्वरले आप्mनो स्थापनाको सुरुआतदेखि नै नेपाल सरकारको उच्चस्तरीय निकायसंग समन्वय गर्दै आएको स्मरण गर्नुभयो । राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि जस्तोसुकै बिषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उहाले मुलकुको आर्थिक विकास लागि सरकारसंग सहकार्य गरी अगाडि वढ्न निजी क्षेत्र सधैं तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

मुलुकमा नया“ संबिधानको प्राप्ति पश्चात सबैको ध्यान दिगो आर्थिक विकासमा केन्द्रित गरिनु आजको आवश्यकता भएको औंल्याउदै उहाले अवको मुलुकको एक मात्र लक्ष्य आर्थिक समृद्धि हासिल गर्ने हुनुपर्ने बताउनुभयो । त्यसैले सरकारी र निजी क्षेत्र नभनी सवै एकै साथ अघि वढ्नुपर्ने खाचो उहाले औंल्याउनुभयो ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले उपभोक्ताको रुचि चाहना विश्लेषण गरी त्यही अनुसार अगाडि वढ्न एक्स्पो सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क योङ्ग सिकले चेम्वरले गरेको एक्स्पोमा दोश्रो पटक कोरिया पार्टनर मुलुकको रुपमा सहभागी रहेको जानकारी दिंदै एक्स्पो उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहेका छन् ।

नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीका अनुसार मेलामा कृषि, अटोमोवाइल, निर्माणलगायतसँंग सम्वन्धित विभिन्न स्टलहरु रहेका छन् । मेलामा सहभागीले आफूलाई मन परे खरिद गर्न सकिने व्यवस्था पनि त्यहाँं मिलाइएको छ । एक्स्पोको मुख्य प्रायोजक सामसुङ्ग इलेक्टोनिक्स रहेको छ । सह प्रायोजनमा हेरिटे कार्पेट रहेको छ भने अफिसियर इन्स्यूरेन्समा प्रभु इन्स्यूरेन्स रहेको छ ।

उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले एक्स्पोका प्रायोजक, सहप्रायोजकलगायतलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो । साथै उहाँंले कोरियाका राजदूतका साथै व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रलाई पनि प्रमाणपत्र वितरण गर्नुभयो । सोही कार्यक्रममा नेपाल चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गर्नुभयो । पाँंच दिनसम्म चल्ने मेलामा करिव तीन लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।

प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १८:२५