माछापुच्छ्रे बैंकको साधारणसभा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकको साधारणसभा हुँदै



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको १९औं साधारणसभा पोखराको होटल ग्राण्डमा भइरहेको छ । बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ ।

यसका साथै बैंकको उक्त साधारणसभाले सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव पनि पारित गर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ३० करोड १० लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानीको अनुपात १५ दशमलव ०२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव २९ प्रतिशत रहेको छ ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १२:०९