सानिमा इक्वीटी फण्डको आवेदन म्याद थपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा इक्वीटी फण्डको आवेदन म्याद थपियो



काठमाडौं। सानिमा इक्वीटी फण्डको आवेदन दिने मिति सरेको छ।  शुक्रबार अन्तिम दिन तोकेको फण्डले सरकाले शुक्रबार र आइतबार सार्वजनिक विदा घोषणा गरेपछि छिटोमा १८ गते अन्तिम बिक्री बन्द गर्ने जनाएको हो। साथै फण्डले ढिलोमा मंसिर २६ गते निष्काशन बन्द हुने जानकारी दिएको छ।
सानिमा इक्वीटी फण्डले मंगलबार देखि प्रति इकार्इ १० रुपैयाँ दरको १० करोड २० लाख इकार्इको इक्वीटी फण्ड निष्काशन गरेको हो। इक्वीटी फण्डको आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत दिन मिल्ने योजना व्यवस्थापक तथा धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकले जानकारी दिएको छ।
लगानीकर्ताले न्युनतम १०० कित्ता देखि अधिकतम २४ लाख कित्ता सम्म आवेदन दिन पाउने सानिमा क्यापिटलले जानकारी दिएको छ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १३:२३