सगुनको मिनी आइपिओमा लगानीकर्ताको ओइरो, आवेदन गर्ने समय ७२ घण्टा थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

सगुनको मिनी आइपिओमा लगानीकर्ताको ओइरो, आवेदन गर्ने समय ७२ घण्टा थप



काठमाडाै । नेपालीले स्थापना गरेको आइटी स्टार्टअप सगुनले निश्कासन गरेको दोश्रो चरणको मिनी आइपिओमा लगानीकर्ताको ओइरो लागेपछि व्यवस्थापनले समय थपेको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले एक विज्ञप्तिमार्फत अन्तिम अवस्थामा विश्वभरबाट अचाक्ली आवेदन परेपछि त्यसलाई व्यवस्थित गर्न र लगानीकर्ताहरुकै माग बमोजिम मिनी आइपीओमा आवेदन गर्ने समय ७२ घण्टा थपिएको प्रष्ट्याएका हुन् ।

 

अमेरिकी नियामक सेक्युरिटी एक्सचेञ्ज कमिसन(एसइसी)बाट अनुमति पाएर मिनी आइपिओ निश्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढ्दो छ ।

 

सगुनले दोश्रो राउण्डको शेयर बिक्री म्याद अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने समय सीमा तोके पनि विश्वभरबाट अत्यधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैंक ट्रान्सफरमा देखिएको समस्याका कारण शेयर खरिदको समय ७२ घण्टा थप गरिएको प्रष्ट्याएको छ । अब अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्यरातसम्म लगानी खुल्ला रहनेछ ।

 

‘लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्यधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रक्रियामा आउनुुभएको छ ।’ सगुनको विज्ञप्तिमा भनिएको छ–‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफरमा देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधिलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’

सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।

सगुनको लगानीको प्रक्रियामा प्रवेश गरेका, तर व्यवहारिक र प्राबिधिक कठिनाइका कारण शेयर खरिद प्रक्रिया पूरा गर्न नपाएका लगानीकर्ताहरुले थप गरिएको समयमा लाभ लिनसक्ने बताइएको छ । अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न समेत समय थप गरिएको कम्पनीको प्रष्टोक्ति छ ।

थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् ।

लगानी सम्बन्धी कुनै प्रकारको जिज्ञासा वा प्रश्नहरु भएमा सगुनको इन्भेष्ट पेजमा २४ सै घण्टा उलपब्ध हुने लाइभ च्याटबाट समेत सहयोग पाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १४:२९