जापानी सम्राटले राजगद्दी त्याग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जापानी सम्राटले राजगद्दी त्याग्ने



टोकियो । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेको समाचार छ ।

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गर्नुभएको हो । उहाँले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गर्नुभएको जानकारी शुक्रबार दिएकाे समाचारमा जनाइएको छ ।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेका बताइएकाे छ ।

सम्राट अकिहितोले यो निर्णय गरिसक्नुभएको जानकारी पनि उनले दिए । उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गर्नुभएको पनि प्रधानमन्त्री आबेले जानकारी दिए ।

जापानी सम्राट अकिहितो हाल ८३ वर्षका छन् । उनले राजगद्दी त्याग गरेपछि उहाँका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्ने छन् ।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:२३