यी हुन विपी राजमार्गका २२ जोखिमयुक्त क्षेत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन विपी राजमार्गका २२ जोखिमयुक्त क्षेत्र



बनेपाबाट छोटो दूरीमा बर्दीबास तथा पूर्व जाने विपी राजमार्गको २२ स्थान जोखिमयुक्त क्षेत्र पहिचान गरिएको छ । गत दुई वर्षअघि गएको विनाशकारी भूकम्पपछि जापानी विज्ञले गरेको अध्ययनले जोखिम पत्ता लगाएको हो । भूकम्पले भत्काएका विभिन्न ठाउँमा अहिले सडक विभागले मर्मत गर्दै आएको छ ।

१ सय ६० किलोमिटर लामो विपी राजमार्गका जोखिममध्ये केही स्थान मर्मत भइसकेको विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले बताए । जापनिज टोलीले पहिचान गरेमध्ये १४ स्थानलाई उच्च र ८ स्थानलाई जोखिमयुक्त औंल्याइएको छ । यातायात व्यवस्था विभागले राजमार्गमा १७ सिटभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक लगाएको छ । तर, यो नियम पालना भएको छैन । सार्वजनिक यातायात सञ्चालन प्रभावकारी बनाउन १० टनभन्दा बढी क्षमताका सवारी गुडाउनेलाई कारबाही गर्ने पनि विभागले जनाएको छ ।

यस्तै, काठमाडौंदेखि धुलीखेल, खुर्कोट, सिन्धुली बर्दिबास तथा पूर्व जाने यात्रुबस राती गुड्न नपाउने नियम छ । सुनकोसी नदीको किनारै–किनार निर्माण गरिएको राजमार्गमा १० टनभन्दा ठूला गाडी गुडाउन नहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निचोड निकालेको थियो ।

जापानको करिब ३० अर्ब रुपैयाँ सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि राजमार्गको काम सुरु भएको थियो । काम सुरु भएको करिब १८ वर्षपछि अर्थात् २०७१/०७२ मा पूरा भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजमार्गको उद्घाटन गरेका थिए । यातायात व्यवस्था विभागले १० टनभन्दा बढीका सवारी गुड्न रोक लगााए पनि नेपालथोक–धुलिखेल खण्ड ट्रिपरका कारण जिर्ण भइसकेको छ । हाल यस सडकमा टाटा–सुमो, हायसलगायत सवारी गुड्ने गरेका छन् । उर्जाखबरको सहयोगमा

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:३४