वित्तीय आयोग गठनको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

वित्तीय आयोग गठनको तयारी



काठमाडाै । मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ ।

वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारुपको तयारी प्रशासनिकस्तरमा भइरहेको बताइएकाे छ ।

जननिर्वाचित संसद् नभएकाले राज्यले उच्च सरकारी कर्मचारीलाई वित्तीय आयोग गठनसम्बन्धी नीति, नियम तर्जुमा गर्ने अभिभारा सुम्पेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाजको (सेजन) २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरित सदनबाट आयोग गठनसम्बन्धी काम पूरा गर्ने लक्ष्य पूरा नभएकाले प्रशासनिकस्तरमा अहिले पनि काम भइरहेको बताए ।

उनले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई सकारात्मक प्रभाव पार्ने खाजीपूर्ण समाचार प्रस्तुत गर्नुपर्ने सुझाव दिँदै विश्वनीय एवं स्तरीय पत्रकारिताले नै समाजलाई फाइदा पुग्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकका ७५३ स्थानीय निकायमध्ये १२० वटामा वित्तीय सेवा पुग्न बाँकी रहेको जानकारी दिँदै ती स्थानमा बैंकिङ सेवा पु¥याउन केन्द्रीय बैंक क्रियाशील रहेको बताए ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:५०