कृषि बिकास बैंकमा ५ करोड हिनामिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि बिकास बैंकमा ५ करोड हिनामिना



काठमाडाै । प्रहरीले कृषि बिकास बैंकको मुख्य कार्यालयबाटै ५ करोड हिनामिना गरेको आरोपमा एक जना कर्मचारी सहित तीन जनालाई पक्राउ गरेको छ।

बैंकको न्युरोड शाखाको करिब ५ करोड रुपैयाँ घोटाला गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।\

पक्राउ पर्नेमा रेग्मीसंगै बालाजुका प्रकाश घतानी र दोलखा घर भाई काठमाडौं -३२ मा बस्ने रमेशकुमार थापा छन। न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ। ब्युरोलाई नेपाल राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मेबारी दिएपछि आर्थिक अपराध हेर्ने पिलर २ ले अनुसन्धान थालेको हो ।

ब्युरोले पक्राउ तीनै जना बिरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानले यस ‘फ्रड’ कार्यमा रेग्मीको मुख्य संलग्नता देखाएको छ।

रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यहि चेक पुन: प्रयोग गरेर रकम हिनामिना गरेको पाइएको छ। रेग्मीले रकमान्तर गरि आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको छ।

प्रकाशित : १६ मंसिर २०७४, शनिबार १९:२८