तीन पूर्वसभासद्ले रातो पासपोर्ट बेचेको ठहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तीन पूर्वसभासद्ले रातो पासपोर्ट बेचेको ठहर



काठमाडौं । विशेष अदालतले कूटनीतिक राहदानी (रातो पासपोर्ट) बेचेको अभियोगमा तीन जना पूर्वसभासद्, अध्यागमनका कर्मचारी, राहदानी प्रयोगकर्ता र विचौलीयालाई दोषी ठहर गरेको छ।

नागिरक दैनिकमा दुर्गा दुलाल लेख्छन्–विशेषले पूर्वसभासदहरु गायत्री साह, विश्वनाथ यादव र शिवपुजन राय राहादनी बिक्री गर्ने कार्यमा संलग्न रहेको ठहर गरेको हो।

कूटनीतिक राहादानी दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा मंगलवार फैसला गर्दै विशेषले यस्तो निर्णय सुनाएको हो।

राहादानी दुरुपयोग प्रकरणमा संलग्न भनि आरोप लागेका सभासदहरु नारदमुनी राना, हरिचरण साह र अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालले पनि विशेषबाट सफाई पाएका छन्।

अख्तियारले २०६८ वैशाख २८ गते विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले राहदानी बिक्री गर्ने सभासदहरुलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको विशेषका रजिष्ट्रार भद्रकाली पोखरेलले जानकारी दिए।

अख्तियारले दुई वर्षअघि दायर गरेको मुद्दामा अन्तिम फैसला सुनाउँदै न्यायाधीशहरु पवनकुमार शर्मा, प्रज्ञा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलाशले मंगलबार यस्तो फैसला गरेको हो।

विशेषले अध्यागमनका तत्कालीन कर्मचारीहरु इन्द्रकुमार सुनुवार,देवीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमीनन्द भण्डारीको पनि संलग्नता देखिएको भन्दै ४ महिना कैद र १५ हजार जरिवाना हुने फैसला सुनाएको हो।

विशेषले कूटनीटिक राहदानी प्रयोग गर्ने, राहादानी प्रयोग गर्नेहरु पृथ्वी छन्त्याल, सीता साह (लीला छन्त्याल), निर्मल वानियाँ र केदारनाथ शर्मा (चापागाई)लाई जनही डेढ वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला विशेषले सुनाएको छ।

विचौलीयाहरु देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानिया, डिलबहादुर घर्ती र सन्तोष उप्रेतीलाई १ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसलामा उल्लेख छ।

प्रकाशित : २७ श्रावण २०७२, बुधबार ०३:१५