गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्माण व्यवसायी शरदकुमार गौचनका मुख्य योजनाकार समिरमान बस्नेतलाई पक्राउ गरेको छ ।

उनलाई सीआइबीले भारतबाट पक्राउ गरेको हो । बस्नेतलाई दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

गौचनको गत असोज २३ मा राजधानीको नयाँ बानेश्वरमा हत्या भएको थियो । सोही घटनामा संलग्न मुख्य सुटर सहित पाँच जनालाई प्रहरीले कात्तिक २८ मा पक्राउ गरेको थियो । प्रहरीले लामो अनुसन्धानपछि प्रहरीले गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने अझै फरार रहेका थिए ।

हत्याको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १४:०९