निर्वाचन पछि यी कम्पनीको अाउँदै छ आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्वाचन पछि यी कम्पनीको अाउँदै छ आइपिओ



काठमाडाै । राधी जलविद्युत कम्पनीले प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निर्वाचनलगत्तै समजुङमा सञ्चालित ४.४ मेगावाटको राधी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । कम्पनीले ६ करोड ६४ लाख रुपैयाँबराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गरेर बाँटफाट गरिने कम्पनीका प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीले बताए । सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ ।

कम्पनीले यसअघि गत वैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।
राधीले २०७१ असारबाट विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिमेगावाट १३ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न आयोजनाले एक वर्षपछि लगानीकर्तालाई लाभांश बाँड्न सुरु गरेको थियो ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १५:४४