बिहे गर्नु अघी बुझ्नै पर्ने यि ७ कुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहे गर्नु अघी बुझ्नै पर्ने यि ७ कुरा



स्त्रीहरुलाई विदेशी भूमी अर्थात बुझ्न कठिन पनि भन्ने गरिन्छ । यदि तपाइँको विवाह हुँदैछ वा हुने वाला छ भने केटीको विषयमा केही जानकारी राख्दा राम्रो हुन्छ । यस्ता जानकारी भएनन् भने सम्बन्धमा अफ्ठेरो समेत पर्न सक्छ । हरेक केटीले गर्ने ७ गल्तीको विषयमा यहाँ चर्चा गरिएको छ ।

१. कठोर बचन
विवाह अघि केटा केटीकोबीचमा खासै झगडा नभएपनि विवाहपछि भने यस्ता झगडा परि नै रहन्छन् । त्यतिमात्र होइन केटीहरु विवाहपछि हुने झगडामा तपाइँले सोंचे भन्दा बढि कठोर बचन बोल्छन् । यस्तो बानी अधिकाँश केटीको हुन्छ । यस्तो बानी केटाले बुझ्न सकेनन् भने सम्बन्ध नै टुट्ने खतरा समेत हुन्छ ।

२. हरेक कुरामा बहस
अधिकाँश स्त्रीहरु आफ्ना पुरुषसँग हरेक जसो विषयमा बहस गर्न खोज्छन् । चित्त नबुझेको विषयमा गरिएको कतिपय बहस झगडामै परिणत हुन्छन् । कुनै कुरा भन्नु परे झगडा गरेर भन्नु भन्दा कुनै नोट लेखेर छोडेमा बरु यस्ता झगडाबाट बँच्न सकिन्छ । बैबाहिक जीवनमा यस्ता कुराले धेरै नै महत्व राख्ने हुँदा सके सम्म हरेक विषयमा झगडा गर्ने बानी छोड्नु पर्छ ।

३. जिस्काउने तर ….
विवाह पछि जिस्किनै हुँदैन भन्ने छैन । तर केटीहरु विवाह पछि जिस्किन छोड्छन् । उनीहरुलाई जिस्किँदा आफू उत्ताउलो होइएला भन्ने हुन्छ । तर खासमा विवाह पछिको रोमान्समा पनि जिस्काउने र फ्लर्टको भूमिका महत्वपूर्ण हुन्छ । विवाह पछि कुनै पनि महिला प्रेमिका भन्दा बढी पत्निकोरुपमा रहन्छे तर पुरुषलाई प्रेमिका बनिदिए हुन्थ्यो जस्तो लाग्छ ।

४. खर्चको विषयमा झगडा
विवाहपछि अधिकाँश महिलाले खर्चको विषयमा श्रीमानसँग झगडा गर्छन् । आफूलाई उचित खर्च गर्ने पैसा नदिएको वा नचाहिने कुरामा खर्च गरेको जस्तो विषयमा महिलाहरुले पुरुषलाई टोक्स्छन् । तर हरेकपटक खर्चको विषयमा झगडा गरिरहनु सम्बन्धको दीर्घायुका लागि घातक हुन सक्छ । यस्तो विषयमा पुरुष पनि सचेत रहनु पर्छ अन्यथा समस्या नै पनि हुन सक्छ ।

५. पतिका परिवार मन नपर्ने
अधिकाँश महिलाहरु विवाह पछि आफ्नो पतिको घरका सदस्यहरुको उपस्थिति मन पराउँदैनन् । पतिका बाबु आमा वा दाजुभाइ-दिदीबहिनी समेत उनीहरुलाई मन पर्दैन । धेरै जसो महिलामा हुने यो बानी केटाले बुझेनन् भने सम्बन्ध नै धरापमा पनि पर्न सक्छ । पतिको घरमा रहँदा महिलाले यो बानी सुधार गर्नु र केटाले यो बानीबारे बुझ्नु नै बुद्धीमानी हुन्छ । पतिका भाइ बहिनी वा बाबु आमासँग दुश्मनी गर्ने महिलाको बानीप्रति पुरुष सचेत हुनु पर्छ ।

६. पतिका साथीलाई घृणा
अधिकाँश महिलालाई पतिले साथीहरुलाई घर ल्याएको वा उनीहरुसँग रमाइलो गरेको मन पराउँदैनन् । पतिले आफूसँग बढी समय विताओस भन्ने चाहानाले उनीहरुलाई पतिका साथी आएको मन पर्दैन । तर यो महिलाको यो बानीबारे जानकारी नभएका अधिकाँश पुरुष पत्नीको बानीबाट दिक्क हुन सक्छन् ।

७. आफ्ना साथीलाई भुल्ने
विवाह पछि अधिकाँश स्त्री आफ्ना पुराना साथीलाई भुल्दै जान्छन् । नयाँ सम्बन्ध र नयाँ साथी पाएपछि पुराना साथी विर्सने बानी हुन्छ स्त्रीहरुमा । तर जव नयाँ सम्बन्धमा समस्या आउँछ वा केही समस्या पर्छ त्यतिबेला भने महिला पुराना साथीलाई नै सम्झिन्छन् । केटाहरु भने महिलाको यस्तो बानीबारे जानकार हुँदैनन् । स्त्रीले पुराना साथी भुल्ने रोगबाट मुक्त पाएनन् भने उनीहरुलाई जीवनमा समस्या पर्दा साथ दिने कोही नहुने समस्या हुन सक्छ । एजेन्सी

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १७:१७