एभरेष्ट बैंकद्धारा दृष्टिविहिन विद्यार्थीलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकद्धारा दृष्टिविहिन विद्यार्थीलाई सहयोग



काठमाडौं । एभरेष्ट बैंकले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरेको छ । बैंकले लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टिविहिन बिद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

बैंकले विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा रिसोर्स पर्सन बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका सिनियर म्यानेजर रंजन खड्का र लगनखेल ब्रान्चका म्यानेजर लभ कुइकेलको उपस्थिती रहेको थियो ।

बैंकले हाल ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट सेवा दिदै आइरहेको छ ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १७:४२