१० दशमलव ९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० दशमलव ९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १० दशमलव ९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका होटल र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५७ कम्पनीको १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयरबाट ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १ सय ४ दशमलव ५९ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह २० दशमलव ०६ अंकले, विकास बैँक समुह १४ दशमलव ७२ अंकले ,बैँक समुह ८ दशमलव २३ अंकले, अन्य समुह ७ दशमलव २३ अंकले, फाइनान्स समुह ३ दशमलव ४८ अंकले , टे«डिड. समुह १ दशमलव ४४ अंकले र जलविधुत समुह १ दशमलव १ अंकले ओरालो लागेको छ।
आज होटल र उतपादनमुलक समुह भने उकालो लागेको छ। आज होटल समुह १८ दशमलव ९३ अंकले उकालो लागेको छ भन उतपादनमुुलक समुुह ५ दशमलव ३५ अंकले उकालो लागेको छ।

प्रकाशित : १८ मंसिर २०७४, सोमबार १५:२१