गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले पुस ७ गतेबाट चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ ।सेयरधनीले  बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र गण्डकी विकास बैंकको चिप्लेढुङ्गा पोखरा तथा यसका अन्य शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र तुलसीपुर शाखा कार्यालय र आस्वा सेवामा सहभागी बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार ११:२७