बुटवल पावरको एफपीओ निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुटवल पावरको एफपीओ निश्चित



काठमाडौं । सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेडको फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) आउने निश्चित भएको छ । कमपनीको एफपीओलाई नेपाल धितोपत्र बोर्डले मंसिर १८ गते निष्काशन अनुमति दिएसँगै आउने पक्का भएको हो ।

बोर्डले बुटवल पावरलाई १०० रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्नेछ । यसआधारमा यो कम्पनीको कुल २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ आउनेछ । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो । बोर्डको रायका आधारमा उक्त प्रस्ताव परिमार्जन गरी ५०१ रुपैयाँ कायम गरिएको हो ।

गत आर्थिक वर्ष २०७३/७४ मा बीपीसीले ६५ करोड नाफा गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले नाफा ७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १२:१५