निर्वाचनमा यसरी सुरक्षा योजना बनाउँदै प्रहरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्वाचनमा यसरी सुरक्षा योजना बनाउँदै प्रहरी



काठमाडाै । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

त्यस अन्तर्गत निर्वाचनका दिन राजधानीका तीनै जिल्लामा तालिमप्राप्त कुकुर सहितको टोली परिचालन हुनेछ भने प्रहरी उपरिक्षक तथा प्रहरी नायव उपरिक्षकहरुको नेतृत्वमा उपत्यकाका तीन जिल्लामा अनुगमन गरिनेछ।

बरिष्ठ प्रहरी उपरीक्षक समेत रहेका महानगरीय प्रहरी प्रवक्ता पुर्णचन्द्र जोशीले जारी गरेको विज्ञप्तिमा बताइए अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उपत्यकामा हुन सक्ने घटनालाई विश्लेषण गरी विशेष सुरक्षा योजना तयार पारिएको हो।

त्यसक्रममा मोबाइल गस्ती, पुल, नाका चेकिङ, संयुक्त चेकिङ, होटल तथा लज चेकिङ, उम्मेदवारका लागि अंगरक्षकको व्यवस्था गरिएको छ।

यसैगरी आमसभा तथा घरदैलो कार्यक्रमहरुको सुरक्षा व्यवस्था, करिडोर तथा राजमार्गहरुमा मोबाइल गस्ती, सिसिटिभी सर्भिलेन्स, सूचना संकलनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।

निर्वाचन सुरक्षा कार्यक्रम अन्तर्गत निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १ हजार ६ सय ८४ जनालाई पक्राउ गरिएको  प्रहरीले जनाएकाे छ । त्यसमध्ये ५ सय ५० जनामाथि मुद्दा दायर गरिएको छ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १२:०३