चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिन्छः मन्त्री बस्नेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिन्छः मन्त्री बस्नेत



कैलाली । सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए ।
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।

फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए ।

मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकंलन तथा सम्पेषण गर्न आग्रह गरे ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १२:२१