व्यवस्थापनसँगको मनमुटावका कारण नबिल बैंकबाट शशिन जोशी बाहिरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्यवस्थापनसँगको मनमुटावका कारण नबिल बैंकबाट शशिन जोशी बाहिरिए



काठमाडौं । नबिल बैंकका सिइओ शशिन जोशीले राजीनामा दिएका छन् । ०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरिसकेको छ । जोशीको फागुन ५ गतेदेखि लागू हुनेगरि राजीनामा स्वीकृत भएको नेप्सेले जनाएको छ ।

बैंक व्यवस्थापनसँगको मनमुटावका कारण जोशीले एक कार्यकाल पनि पूरा नगरी बीचमै नविल छोडेको बैंकिङ क्षेत्रमा चर्चा छ । केही समयअघि नविल बैंकका कर्मचारीहरुले बैंक व्यवस्थापनको राजीनामा माग गर्दै एक सातासम्म आन्दोलन समेत गरेका थिए । बैंकको व्यवस्थापन समतिले नियम कानूनलाई वेवास्ता गरी मनखुुसी तरिकाले काम कारवाही गरेको कर्मचारीहरुको आरोप थियो । त्यसयता, बैंक व्यवस्थापनसँग शशिन जोशीको कुरा नमिलेको र उनले बैंक छोड्न लागेको हल्ला चलेको थियो ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १२:५७