प्रमुख र्निवाचन अायुक्त भन्छन – निर्धक्क भएर मतदान गर्नुस् सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रमुख र्निवाचन अायुक्त भन्छन – निर्धक्क भएर मतदान गर्नुस् सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको छ



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले बिहीबार ४५ वटा जिल्लामा हुने हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

यादवले ढुक्क हुन आग्रह गरे पनि दिन दिनै बम पड्किने क्रम भने रोकिएको छैन । सुरक्षा संयन्त्र भुत्ते हुँदा मतदाता ढुक्क हुन सकेका छैनन् ।   प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए ।

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिदै मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको बताए ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले बताए । प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरी आयोगले निर्देशन दिएको पनि उनले जानकारी दिए ।

यादवले मतदाता शिक्षालाई समेत प्रभावकारी रुपमा अघि बढाईएको विश्वास दिलाउदै मत वदर संख्या निकै कम हुने बताए ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १३:१५