घट्यो सुनचाँदीकाे मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घट्यो सुनचाँदीकाे मूल्य



काठमाडाै । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भईरहेको छ । चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ३ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७० रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६२६ रुपैया कायम गरेको छ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १४:०४