ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु



काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु भएको छ । उक्त व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हालै दुई सुंस्था बीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात भारत स्थित एक्सिस बैंकका शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिलै प्राप्त गर्न सकिने छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

ग्लोबल आइएमई बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १८:१०