४५ जिल्लामा सवारी साधन चलाउन नपाइने, यी सवारी साधन मात्र चल्छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४५ जिल्लामा सवारी साधन चलाउन नपाइने, यी सवारी साधन मात्र चल्छन्



काठमाडौं। ४५ जिल्लामा हुन गइरहेकाे दोस्रो चरणको अाम निर्वाचनका लागि मतदानको दिन कुनै पनि किसिमका सवारी साधन चलाउन नपाइने गृह मन्त्रालयले बताएको छ । मन्त्रालयले यसअघि नै उक्त दिन सार्वजनिक बिदा दिने बताइसकेको छ ।

मङ्गलवार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले मतदानको दिन सुरक्षा निकाय, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूरसञ्चार सेवा, सव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा) मात्र चलाउने पाइने गृह मन्त्रालयले जनाएकाे छ । यस बाहेक अन्य कुनैपनि प्रकारका सवारी साधन सञ्चालनमा निषेध गरिएको बताएको छ ।

मतदानको दिन ती जिल्ला भएर अन्यत्र चल्ने सवारी साधन पनि सञ्चालन हुन नसक्ने भएकाले सबैलाई बुधवार राति १२ बजे अगावै गन्तव्यमा पुगिसक्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १८:१८