तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौ । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ ।

बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १८:३४