ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट समस्याग्रस्तबाट मुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट समस्याग्रस्तबाट मुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ ।

राष्ट्र बैंकको संचालक समितिले दुईवटा फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको सहायक प्रवक्ता राजेन्द्र पन्डितले जानकारी दिए ।

दुई संस्थामा नयाँ लगानीकर्ता आएपछि राष्ट्र बैंकले समस्याग्रस्तबाट हटाएको हो ।

राष्ट्र बैंकले २०७१ साल पुसमा ललितपुर फाइनान्स र २०६९ सालमा कुवेर मर्चेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंकले नयाँ बैंक तथा वित्तीय संस्थालाई इजाजतको अनुमति दिन बन्द गरेको हुँदा लगानीकर्ताले समस्याग्रस्त घोषणा भएको वित्तीय संस्थामा लगानी गरेर चलाउन थालेका छन् ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:०२