प्राइम लाइफले शुरु गर्‍यो नयाँ बीमा योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम लाइफले शुरु गर्‍यो नयाँ बीमा योजना



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘प्राइमलाइफ म्यादी जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ । प्राइम लाइफ इन्स्योरेन्सले यस योजनालाई नयाँ किसीमको जीवन बीमा योजना भएको जनाएको छ ।

जीवन बीमाको क्षेत्रमा नेपालका ७३ जिल्लामा १२९ वटा कार्यालयबाट आम जनताको रोजाइ र चाहना अनुसारका बीमा योजनाहरु मार्फत छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गरीरहेको कम्पनिले न्युन आय लक्षित वर्गलाई जीवन वीमाको सुविधा प्रदान गर्ने उक्त योजना ल्याएको हो ।

एक रुपैयाँ दैनिकबाट आफ्नो जीवन सुरक्षित हुने, बीमा चालु रहेको अवस्थामा बीमीतको मृत्यु भएमा पुरै बिमाङ्क रकम पाउने, दोहोरो दुर्घटना सुविधा हुने जस्ता विषेशता सो योजनामा रहेका छन् ।

यस्तै सो योजनामा न्युनतम बिमाङ्क रकम १ लाख देखि अधिकतम बीमीतको इच्छा अनुसार असिमीत बिमाङ्कको गर्न सकिने पनि कम्पनीले जनाएको छ । १६ वर्ष देखि माथी ६५ बर्ष सम्मका स्वस्थ व्यक्तीहरुले यो बीमा गर्न सक्ने सक्नेछन् भने बीमा अवधि न्युनतम ५ वर्ष देखि माथी ३५ बर्ष सम्मको हुने छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:३८