तपाईँलाई थाहाँ छ ? माकुराले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाईँलाई थाहाँ छ ? माकुराले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ



एजेन्सी । हेर्दा सानो सानो देखिने माकुरा तर त्यसले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ ।

साइन्स अफ नेचरमा प्रकाशित समाचार अनुसार अनुसन्धानले माकुराले एक वर्षमा मानिसले खाने माछा मासु जति नै किरा फट्याङ्गा खाने गरेको पाइएको छ ।

मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफरले गएको चार दशकमा संकलन गरेको तथ्यांकको आधारमा माकुराले खाने किरा फट्यांग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताएका छन् ।

उनका अनुसार संसारभर रहेको माकुराको तौल २ करोड ५० लाख टन रहेको छ भने यसले वर्षमा ४० देखि ८० करोड टन किरा फट्याङ्ग्रा खान्छन् । यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिकाको महत्वबारे जनचेतना जगाउन सहयोग पुग्ने उनको भनाई छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:४३