यी हुन भोली निर्वाचन हुने जिल्लाहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन भोली निर्वाचन हुने जिल्लाहरु



काठमाडौं । ४५ वटा जिल्लामा भोलि मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुँदैछ । दोस्रो चरणको निर्वाचन हुने प्रदेश नं १ इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन् । त्यस्तै,प्रदेश नं २ सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् ।

त्यसैगरि,प्रदेश नं ३ मा पर्ने सिन्धुली,मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा भोलि मंसिर २१ गते निर्वाचन हुदैछ । प्रदेश नं ४ का नवलपरासी , बर्दघाट सुस्ता पूर्व), तनँहु, कास्की, स्याङजा र पर्वत रहेका छन् ।

प्रदेश नं ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया छन् । प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख र प्रदेश नं. ७ का कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि भोलि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:४६