शाइन रेसुंगा बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाइन रेसुंगा बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत



काठमाडाै । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत अर्थात् २७ करोड ५७ लाख २३ हजार १ सय बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । अब बैंकको साधारण साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड २८ लाख रहेकोमा प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पुंजी १ अर्ब ३७ करोड पुग्ने छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १४:५४