एक्सेस ब्रान्ड प्राप्त महिला सहकारीमा अध्यक्ष अमृता सुब्बाको गैरकानूनी काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

एक्सेस ब्रान्ड प्राप्त महिला सहकारीमा अध्यक्ष अमृता सुब्बाको गैरकानूनी काम



काठमाडाै  । इटहरी स्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्बाले पछिल्लो समय गैरकानुनी ढंगले संस्था संचालन गरेको  खुल्न अाएको छ  ।

गत मंसिर ४ गते सो संस्था विरुद्ध आवश्यक छानविन गरि कानूनी कार्वाहीको माग सहित उजुरी हालेका हुन ।  सो उजुरीलाई अावश्य प्रकृयाको जाचबुझ गर्न  सहकारी विभागमा फाइल पठाइएको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सुचना अधिकृत उपेन्द्रबहादुर ढु‌ंगानाले अर्थबजारलाई जानकारी दिए ।

 

अध्यक्ष अमृता सुब्बा

महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विरुद्ध मन्त्रालयमा परेको उजुरीमा संस्थाले आफुखुसी अपारदर्शी रुपमा अगाडी बढाएको दावी गरिएको छ । त्यसैगरि सहकारीको मर्म र भावना विपरित ऐन, नियम र विनियमलाई समेत वेवास्था गरि अध्यक्ष सुब्बाले आफुखुसी सहकारीलाई अगाडी बढाईरहेको उजुरीमा उल्लेख गरिएको छ ।

महिला बचत तथा ऋण सहकारी संस्थाकै १ सय २३ जना शेयरसदस्यहरुले हस्ताक्षर गरेको उजुरीमा संस्थाकी अध्यक्ष सुब्बाले आफुखुसी गर्न नपाएपछि संस्था विनियम विपरित कर्मचारीहरुको नियुक्ती गरेको उल्लेख गरिएको छ । उजुरीमा गत भदौं १७ गते शनिवारमा दिन गरिएको संस्थाको १९ औं साधारणसभा पनि अवैधानिक रुपमा सम्पन्न गरेको उल्लेख गरिएको छ । संस्थाका शेयर सदस्यहरुलाई १५ दिन अगाडी नै साधारणसभा हुने मिति, समय र स्थानका बारेमा उल्लेख गरि सूचना दिनु पर्ने त्यसो नगरिएको उजुरीमा उल्लेख गरिएको छ ।

१ सय २३ जना शेयरसदस्यहरुले मन्त्रालयमा दर्ता गराएको उजुरीमा १९ औं बार्षिक साधारणसभा गर्नुअघि विनियम र विद्यान विपरित बिभिन्न वडाहरुमा अध्यक्षकै मनोमानीमा वडा स्तरीय समिति गठन गरि वडा स्तरीय मिनि साधारणसभा गरिएको उल्लेख छ ।

विनियम २०५५ को परिछेद ९ मा उल्लेख नै नभएको वडा स्तरीय समिति गठन गर्नुअघि साधारणसभाबाट विनियम संशोधन गर्नुमा पर्नेमा सो नगरि वडा स्तरीय समिति गठन गरिएको उजुरीमा उल्लेख गरिएको छ । बार्षिक बजेट हुदै नभएको वडा स्तरीय मिनि साधारणसभा गरेर संस्थालाई आर्थिक भार थप गरेको उजुरीमा उल्लेख गरिएको छ ।

वडा स्तरीय मिनि साधारणसभामा समेत सबै शेयर सदस्यहरुलाई जानकारी नै नदिई अध्यक्ष सुब्बाले आफ्ना नजिकका र आफ्नो मनपरीतन्त्रको विरोध नगर्नेहरुलाई मात्र खबर गरेर मिनि साधारणसभा गरेको दावी उजुरीमा गरिएको छ ।

 

संस्थाले इटहरीका २० वटा वडामध्ये १, १२, १३, १५, १६, १७, १८ र १९ नम्बर वडामा वडा उपसमिति गठन गरेको थियो । विधानविपरीतका ती उपसमिति गठन गर्नमा जिल्ला सहकारी डिभिजनका निमित्त प्रमुख योगराज धमलाले साथ दिएको उजुरीमा उल्लेख गरिएको छ । सो संस्थामा करिब ४ हजार ३ सय भन्दा बढी महिला सेयर सदस्य भएको र एक्सेस ब्रान्ड प्राप्त गरेको छ ।

संचालक समिति नै लिन्छन तलब

नियम अनुसार सहकारी संचालक समितिका कुनै पनि सदस्यहरुले कुनै पनि नाम र बहानामा मासिक रुपमा पैसा भुक्तानी लिन मिल्दैन । तर महिला बचत तथा ऋण सहकारी संस्थामा संचालक समितिकै पदाधिकारीले मासिक रुपमा पैसा भुक्तानी लिइएको बताइएको छ । स्रोतका अनुसार संचालक समिति सदस्य तथा शिक्षा उप–समिति संयोजक पद्मा पन्धाकले मासिक रुपमा ३ हजार रुपियाँ भुक्तानी लिन थालेकी छिन् ।

उनलाई सहकारीलाई जनस्तरमा प्रचार प्रसार गरे बापत सो रकम मासिक रुपमा भुक्तानी दिने निर्णय सुब्बाले नेतृत्व गरिरहेको संचालक समितिको बैठकले गरेको बुझिएको छ । जुन निर्णय सहकारीको विनियम विपरीत छ ।

 

 

प्रकाशित : २० मंसिर २०७४, बुधबार १५:२९