चुनावका कारण यतायात र अान्तरिक उडान ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चुनावका कारण यतायात र अान्तरिक उडान ठप्प



काठमाडौ । निर्वाचनका करणा देशका ४५ जिल्लामा यातायात र अान्तरिक उडान ठप्प भएकाे छ । निर्वाचन हुने जिल्लाहरूबाट बाँकी ३२ जिल्लामा जाने सवारी सवारी साधन पनि बन्द भएका छन् ।

बिमानस्थलले दिएको जानकारी अनुसार आज आन्तरिक उडानतर्फ बढीमा ३० वटा उडान मात्र रहेका छन् । सामान्य अवस्थामा दैनिक १५० उडान हुँदैआएको छ । हाल होलिकोप्टरसहित १८ वटा निजी वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने सामान्य अवस्थामा उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार आज आन्तरिककतर्फ ८० प्रतिशतसम्म उडान कटौती भएको छ ।

प्रकाशित : २१ मंसिर २०७४, बिहीबार १३:४३