नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा , यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा , यस्ता छन एजेन्डा



काठमाडाै । नेपाल एसबिआई बैंकको चौबिसौँ वार्षिक साधारण सभा पुस १९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १५.४२ प्रतिशत बोनस शेयर तथा ०.८१५ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने र संचालक समितिको निर्वाचन रहेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २९ गतेदेखि पुस १९ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको प्रस्तावित लाभांस पाउन र साधारण सभामा भाग लिन मंसिर २८ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ । लाभांस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैंया नाघ्नेछ ।

प्रकाशित : २१ मंसिर २०७४, बिहीबार १४:०४