पूर्व राजा ज्ञानेन्द्र शाहले किन गरेनन मतदान ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्व राजा ज्ञानेन्द्र शाहले किन गरेनन मतदान ?



काठमाडाै । पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारले यस वर्ष पनि मतदान गरेनन् । ज्ञानेन्द्र शाह निर्मल निवासमा बस्दै आएका छन् ।

पूर्व बडामहारानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व नव युवराज हृदयेन्द्र पनि निर्मल निवासमा नै बस्दै आएका छन् । पूर्व युवराज पारस शाह भने बहिनी शीताष्माका साथ इमाडोलमा बस्छन् ।

 

धीरेन्द्रका दुई छोरीहरु पूजा सिंह र दिलाशा सिंह बाँसबारीमा बस्छन् । ज्ञानेन्द्रकी छोरी प्रेरणा भने छाउनीमा बस्छिन् । यसैगरी पूर्व अधिराजकुमारी शोभा कमलादीमा बस्छिन् ।

ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्दै गर्दा आफ्नो बक्तव्यमा अब नागरिक भएको घोषणा गरेका थिए । तर नागरिकको मतताधिकार भने आजसम्म पनि प्रयोग गरेनन् ।

प्रकाशित : २१ मंसिर २०७४, बिहीबार १६:५३