अायो सिभिल बैंकको ४० प्रतिशत हकप्रद शेयर , कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अायो सिभिल बैंकको ४० प्रतिशत हकप्रद शेयर , कहाँबाट दिने अावेदन ?



काठमाडौ  । सिभिल बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रदमा मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मंसिर २२ देखि पुस २७ सम्म शेयर आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख १० हजार ३६२ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हकप्रदमा लगानीकर्ताले सिभिल बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड, बानेश्वरबाट, सिभिल क्यापिटल लिमिटेड सुन्धरा र आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १०:५५