बैंक अफ काठमान्डूको संस्थापक सेयर सर्वसाधारणहरुलाई लिलाम बढाबढमा विक्री खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक अफ काठमान्डूको संस्थापक सेयर सर्वसाधारणहरुलाई लिलाम बढाबढमा विक्री खुल्यो



काठमाडाै । बैंक अफ काठमान्डूले शुक्रबारदेखि ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर सर्वसाधारणहरुलाई लिलाम बढाबढमा विक्री खोलेको छ । लिलामी सेयरमा मंसिर २९ गतेसम्म मात्र आवेदन दिन पाइनेछ ।

बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेपनि प्रिमियम मूल्य नराखी एक सय रुपैयाँ फेस भ्यालुमा बोलकबोलमा बिक्री गर्न निर्देशन दिएपछि सोही अनुसार लिलामीमा ल्याएको हो ।

संस्थापक सेयर लिलामीका लागि बीओकेले नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१:४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा लिलामी भर्नुपर्नेछ । बीओकेको लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल तथा बैंक अफ काठमान्डूको केन्द्रीय कार्यालय कमलपोखरी र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १०:५९