गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि



गोरखा । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ ।

 

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याए काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याए । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ । प्रदेशसभा क्षेत्र ‘ख’मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि हुनुहुन्छ भने काँग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत भयो । अहिलेसम्म ६५५० मत गणना भएको छ ।

 

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ७५२० मतका साथ अघि हुनुहुन्छ भने उहाँलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ६३०४ मतका साथ पछ्याइरहनु भएको छ । अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ । गोरखा २ ‘क’प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याउनुभयो भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि हुनुहुन्छ । अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याए भने माओवादीका अमर तमु ३,४३३ मत ल्याए । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ । मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १२:१९