सुनको विश्वमा माग करिब ६ वर्षकै न्यून « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको विश्वमा माग करिब ६ वर्षकै न्यून



Gold_Shotएजेन्सी। सुनको सन् २०१५ को दोस्रो त्रैमासमा विश्वव्यापी मागमा उच्च कमी आएको छ । सो अवधिमा चीन तथा भारतीय उपभोक्ताहरूले सुनका गहना, सिक्का तथा सुनका बारको खरीदप्रति कम रुचि देखाएका कारण सुनको माग साढे ६ वर्षकै न्यून बिन्दुमा ओर्लिएको हो । सो अवधिमा सुनको भाउमा वर्षौंयताकै कमी आएको भए पनि त्यसले माग भने बढाउन नसकेको विश्लेषण गरिएको छ ।

अप्रिल–जुन अवधिमा विश्वमा सुनको माग ९ सय १५ टनमा ओर्लिएको वल्र्ड गोल्ड काउन्सिल ९डब्ल्यूजीसी०ले सार्वजनिक गरेको माग प्रवृत्तिसम्बन्धी पछिल्लो प्रतिवेदनले देखाएको छ । दोस्रो त्रैमासको सुनको माग गतवर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो । ‘भारत र चीन जस्ता विश्वकै ठूला सुन उपभोक्ताबाट माग कमजोर बनेका कारण विशेषगरी एशियाली बजार दोस्रो त्रैमासमा चुनौतीपूर्ण बनेको छ,’ डब्ल्यूजीसीका मार्केट इण्टेलिजेन्स प्रमुख अलिष्टेइर हिवेटले भने । चीनमा सुस्त आर्थिक वृद्घि र घरेलु शेयर बजारमा देखिएका उथलपुथलका कारण सुनको मागसमेत प्रभावित बनेको हो ।

‘एकातिर शेयर बजार उकालो लाग्नाले उपभोक्ता सुनमा गहना खरीदप्रति अनाकर्षित बनेका थिए भने अर्कोतिर जुनको अन्त्यतिर शेयर बजारमा आएको तीव्र उतारचढावले उपभोक्ताको मनोबललाई हानि पु¥याएको थियो,’ प्रतिवेदनमा भनिएको छ । उता, भारतमा त्यहाँको अनुकूल मौसमका कारण सुनको माग प्रभावित बनेको थियो । यसबाट ग्रामीण क्षेत्रका मानिसको आम्दानीमा कमी आएको र तेस्रो त्रैमासमा विवाहयोग्य समयको अभाव रहेका कारण सुन खरीदमा कमी आएको पाइएको छ । सुनको विश्वव्यापी मागमा चीन र भारतीय बजारले करीब आधा हिस्सा ओगट्ने गरेको छ ।

प्रकाशित : ३० श्रावण २०७२, शनिबार ०८:२९